कसरी हुन्छ इन्जिन सिज ? सिज हुनबाट कसरी बचाउने ?

काठमाडौं । गाडीको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौं । आखिर के हो त इन्जिन सिज भनेको ?

इन्जिन लक हुनु वा यो चल्न बन्द गर्नु नै इन्जिन सिज हुनु हो । लापरवाहीका कारण पुरानो मात्र होइन, नयाँ गाडीको इन्जिन पनि सिज हुन सक्छ ।

निम्न कारणले इन्जिन सिज हुन्छः
१, सबैभन्दा मूख्य कारण ओभरहिटिङ हो । गाडी धेरै तात्यो भने यसको संकेत दिने प्रणाली सबै गाडीमा हुन्छ । यो कुरालाई कहिल्यै पनि बिर्सनु हुँदैन ।
२, टाइमिङ बेल्ट वा टाइमिङ चेन टुट्नाले पनि इन्जिन सिज हुन्छ ।
३, इन्जिनको सिलिन्डरमा पानी पस्यो भने यसबाट पिस्टनमा नोक्सानी हुन्छ । यसबाट पनि इन्जिन सिज हुन्छ । खासगरी भरी पानीमा गाडी चलाउदा यस्तो समस्या आउन सक्छ ।
४, खराब इन्धनका कारण पनि इन्जिन सिज हुन्छ । त्यसैले गुणस्तरीय पेट्रोल पम्पमा मात्र इन्धन भर्नु राम्रो हुन्छ ।

You might also like

Comments are closed.