कस्मेटिक ब्यवसायि संघका सदस्यलाई नेतृत्व विकास तालिम

पोखरा, २७ साउन ।

कस्मेटिक ब्यवसायि संघ कास्कीको आयोजनमा एक दिवसीय नेतृत्व एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संघका सदस्यहरुको क्षमता तथा दक्षता अभिवृद्धि गर्ने उदेश्यले आयोजित सो तालिममा ४० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

संघका संस्थापक अध्यक्ष विष्णु प्रसाद बाँस्तोलाले सहभागिलाई प्रमाणपत्र वितरण गर्दै सफलताको शुभकामना ब्यक्त गरे । उनले सामाजिक रुपमा अग्रसर हुन नेतृत्व विकासको आवश्यकता रहेको औल्याउँदै बोल्ने कलाको महत्वको चर्चा हरेक क्षेत्रमा हुने बताए । उनले ब्यवसायिक सफलताकालागि समेत ब्यक्तित्व विकास सँगै नेतृत्व विकासको पनि भुमिका रहने भन्दै सहभागिलाई तालिममा सिकेको कुरालाई ब्यवहारमा उर्तान आग्रह गरे ।

तलिमको अनुभव राख्दै सहभागि पूर्णिमा लम्साल र केदार आचार्यले तालिम पश्चात आत्मविश्वास बढेको बताउँदै अब निर्धक्कका साथ आफ्नो कुराहरु राख्ने सक्ने भएको धारणा राखे ।
संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले तालिमको सहजीकरण गरेकी थिइन् । तालिममा उद्घोषण, भाषण र नेतृत्व विकास सम्बन्धि सैद्धान्तिक र ब्यवहारिक प्रशिक्षण गराईएको थियो ।

संस्थाका अध्यक्ष जगदिश प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक उमापति ढकालले गरेका थिए भने संचालन महासचिव प्रेम सुवेदीले गरेका थिए ।

You might also like

Comments are closed.