कांग्रेस कार्यकर्ताद्वारा समानान्तर समितिको कार्यालय तोडफोड

तनहुँ, १८ बैशाख

नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टीको समानान्तर समितिको कार्यालय तोडफोड गरेका छन् । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा वैशाख १८ गते बुधबार नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले निकालेको र्‍यालीमा सहभागी कांग्रेस कार्यकर्ताहरूले व्यास नपा–२ मालपोत लाइनमा रहेको नेपाली कांग्रेसको समानान्तर पार्टी कार्यालयको फ्लेक्स बोर्ड च्यातेर साईनबोर्ड हटाएका थिए ।

नेविसङ्घका जिल्ला अध्यक्ष चुडामणी खनालको नेतृत्वमा कार्यकर्ताहरूले नेपाली कांग्रेसका संस्थापक नेताहरूको फोटो राखिएको फ्लेक्स बोर्ड च्यातेका थिए । तनहँुमा नेपाली कांग्रेसका दुई ओटा छुट्टाछुट्टै समिति क्रियाशील छ । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट कार्यकर्ताहरूले केही महिनाअघि विशेष जिल्ला अधिवेशन गरी छुट्टै कार्य समिति चयन गरेको थियो ।

jutta mela

उक्त समितिले व्यास नपा २ को मालपोत लाईनमा पार्टी कार्यालय स्थापना गरि समानान्तर कार्यक्रम आयोजना गर्दै आएको थियो ।

समानान्तर समूहका जिल्ला प्रवक्ता हरिशरण पण्डितले पार्टी कार्यालय तोडफोड गरिनु अपराधिक र कायरतापुर्ण कार्य भएको बताए ।उनले पार्टीका नेताहरूको फोटो र पार्टीको चुनाव चिन्ह अङ्कित बोर्ड च्यात्ने कार्यकर्ताहरू अपराधिक मनोवृत्तिको भएको बताए ।

You might also like

Comments are closed.