काठमाडौंको सफलता पछि ‘किङग्स लाउञ्ज’को सेवा पोखराबाट

आर्थिक आवाज
पोखरा । काठमाडौंबाट सेवा सुरु गरेको एक वर्षमै किङ्स लाउन्जले शाखा विसतार गरेको छ । किङग्स लाउन्जको पहिलो शाखा पर्यटकीय नगरी पोखरामा सञ्चालनमा आएको छ । शाखाको बिहीबार एक कार्यक्रमका बीच लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले उद्घाटन गरे । ‘स्थापनाको एक वर्षमै काठमाडौंमा ग्राहकबाट पाएको माया र विश्वासलाई मध्यनजर गर्दै पोखरामा शाखा विस्तार गरेका छौं,’ उनले भने, ‘पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा किङग्स लाउञ्ज पर्नेमा हामी विश्वस्त छौं ।’

लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइने उनले बताए । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए । विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जको सेवालाई गुणस्तरीय बनाउने सञ्चालकहरुको प्रतिबद्धता छ । पोखरासँगै मुलुकका अन्य शहरमा पनि क्रमशः शाखा बिस्तार गरिने बताइएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.