काठमाडौंमा मात्रै थपिए २ सय जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा राजधानी काठमाडौंमा मात्रै २ सय जना कोरोना संक्रमित थप भएका छन् । काठमाडौंमा १ सय ७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा देशभर ७ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । हालसम्म कोरोनालाई जित्नेहरु १७ हजार ९ सय ६४ पुगेका छन् ।

You might also like

Comments are closed.