आर्थिक आवाज
पोखरा, ३ पुस । काठमाडौं इन्फोसिस पोखरा शाखाद्वारा आयोजित ‘एड्मिसन विक’ कार्यक्रम जारी छ । सोमबार सुरु एडमिसन विक कार्यक्रम आइतबारसम्म जारी रहने काठमाडौं इन्फोसिस पोखरा शाखाका सञ्चालक अर्जुन गुरुङले जानकारी दिए । आइतबार र सोमबार एडमिसन विक कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको उनले बताए ।
‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर एड्मिसन विकको आयोजना गरिएको हो,’ उनले भने । काठमाडौं इन्फोसिसले अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, युएसए लगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदै आइरहेको छ ।
विदेश अध्ययन गर्न जाँदा केकस्ता प्रक्रिया पुरा गर्नुपर्छ, विद्यार्थीको स्तर अनुसार कुन विषय पढ्न उचित हुन्छ, छात्रवृत्तिको व्यवस्था केकस्तो छ लगायत विषयमा एड्मिसन विकमा परामर्श प्रदान गरिरहेको गुरुङले जानकारी दिए ।
‘विभिन्न देशमा रहेका कलेज तथा युनिभर्सिटीसँग हाम्रो राम्रो सम्वन्ध छ,’ उनले भने, ‘विद्यार्थी जान चाहेको देश अनुहार हामी कलेज तथा युनिभर्सिटी छान्न सहयोग गर्छौं ।’ कलेज तथा युनिभर्सिटीको कोर्ष, भर्ना प्रक्रिया, फि लगायतका वारेमा पनि जानकारी दिइने गुरुङले जानकारी दिए ।