काठमाडौं उपत्यकामा मात्रै थपिए १३४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा मात्रै ११० जना संक्रमित थपिएका हुन् । ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार पछिल्लो २४ घन्टामा देशभर ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.