काठेपुलमा पनि करः प्रत्येक पटक पुल तर्दा टिकट काट्नुपर्ने !

धनगढी, १५ पुस । जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...