तनहुँ चैत १४
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कानूनको कठोर कार्यान्वयन भए मात्रै सुशासन कायम हुने बताएका छन् । तनहुँको बन्दीपुरमा बिहीबारदेखी सुरु भएको आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रणको लागि सार्वजनिक लेखा समिति गण्डकी प्रदेश र सरोकारवाला संस्थाहरुबिच समन्वय र सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कुँवरले यस्तो बताएका हुन् ।
भ्रष्टाचार नियन्त्रण गर्ने निकायका अधिकारी नै भ्रष्टाचारमा मुछिनु दुखद भएको कुँवरले बताए ।
उनले भने ‘संवैधानिक निकायमा कस्तो चरित्रका व्यक्ति पुग्दा रहेछन् थाह भइहाल्यो’ उनले भने,‘संविधान, ऐन, कानुन कठोरताका साथ लागु गर्न कहानेर समस्या छ, त्यो पनि खोज्नुपर्छ ।’प्रदेश प्रमुख बाबुराम कुँवरले कानुन बन्ने तर एउटा चरणमा पुगेर कार्यान्वयन नहुने अवस्था डरलाग्दो भएको टिप्पणी गरे । ‘छोरा भतिजा, श्रीमती, पति जो दोषी भए पनि कारबाही भए मात्र विधिको शासन हुन्छ । लेखेर मात्र भएन, कार्यान्वयन गरिनुपर्छ ।’
गण्डकी प्रदेश प्रमुख, सभामुख, मन्त्री, महालेखा परीक्षक, संघीय सांसद र सरोकारवालाबिच गरिएको छलफलमा बोल्नेहरुले नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अनुशासन कायम हुने हो भने भ्रष्टाचार न्यूनीकरण हुँदै जाने धारणा राखे । महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचारको स्वरुप फेरिदै गएकाले यसका विरुद्व निर्मममतापूर्वक लाग्नुपर्ने बताए ।
महालेखा परीक्षक टंकमणि शर्माले भ्रष्टाचारको स्वरुप फेरिदै गएकाले यसका विरुद्व निर्मममतापूर्वक लाग्नुपर्ने बताए । सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बितिसक्दा समेत लेखा समिति अझै गठन नभएकाले अनियमितता हुने सम्भावना बढेको बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, गण्डकीका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सुशासन कायम गर्न सफल हुने विश्वास व्यक्त गरे । युएनडीपीको सहयोगमा गण्डकी प्रदेश सचिवालय र लेखा समितिले गरेको कार्यक्रममा शुक्रबारसम्म चल्नेछ ।
Comments are closed.