कान्तिपुर होटल ट्रेनिङ सेन्टरका विद्यार्थीलाई प्रमाणपत्र

पोखरा, १३ माघ । कान्तिपुर होटल ट्रेनिङ सेन्टर पोखराको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । ट्रेनिङ सेन्टरबाट विभिन्न चरणमा सम्पन्न भएका तालिममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको अध्यक्ष विजय पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै होटल पोखरा ग्राण्डका जनरल म्यानेजर रोशन खवासले सिपलाई अवसरमा बदल्नुपर्ने धारणा राखे । ट्रेनिङ सेन्टरका अध्यक्ष विजय पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा सञ्चारकर्मी लक्ष्मीनारायण देवकोटा, कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल राम कोडान्डा, सेफ चित्र केसी, पोखरा ग्राण्डका प्रशासन प्रमुख भोला तिमिल्सिना लगायतले बोलेका थिए ।

९० विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको पौडेलले जानकारी दिए । कार्यक्रममा ट्रेनिङ सेन्टरका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । ट्रेनिङ सेन्टरबाट हालसम्म २२ हजार ७ सय ६८ जना विद्यार्थीले तालिम लिएको पौडेलले जानकारी दिए । सन् २००४ देखि पोखरामा ट्रेनिङ सेन्टर सञ्चालनमा छ ।

footwear exchange
You might also like

Comments are closed.