काभ्रे पोखरा मिलन समाजको अध्यक्षमा घिमिरे

पोखरा, ११ चैत

काभ्रे पोखरा मिलन समाजको १८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन तथा पारिवारिक वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

थ्रि एन्जल्स नेपालका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र गौतमको प्रमुख आतित्थ्यतामा सम्पन्न सभाले आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिती सर्वसंम्वत चयन गरेको छ । नवगठित कार्य समितिको अध्यक्षमा रमेश घिमिरे, निवर्तमान अध्यक्ष मा सुदर्शन प्रधान, प्रथम उपाध्यक्षमा केदारनाथ श्रेष्ठ “अनिल”, द्धितिय उपाध्यक्षमा प्रेम लामा तामाङ, तृतिय उपाध्यक्षमा सुन बहादुर लामा, महा सचिवमा शान्ती श्रेष्ठ, सचिवमा शान्ती लामा, कोषाध्यक्षमा रामकुमार लामिछाने, सदस्यहरुमा क्रमशः शिवराम श्रेष्ठ, सरिता दाहाल हुमागाई, दिपक गिरी, भिम लामा, अनुस्का न्यौपाने निर्विरोध चयन भएका हुन् ।

कार्यक्रममा महासचिव सुन ब. लामाले प्रस्तुत गरेको महासचिवको प्रतिवेदन र कालीप्रसाद मैनालीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको छ ।
सभामा प्रमुख अतिथी, डा. राजेन्द्र गौतम, अतिथिहरु अन्तरसमाज महासंघका अध्यक्ष मन्जु भट्टराई, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, समाजका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु अजुर्न वन्जारा, रुप लामा, कुमार लामा, दुर्गा प्रसाद हुमागाई, निवर्तमान अध्यष सुदर्शन प्रधान, नव निर्वाचित अध्यक्ष रमेश घिमिर लगायतले समाजका विविध गतिविधि माथी प्रकाश पारेका थिए ।

You might also like

Comments are closed.