कामना र साहारा हस्पिटलबीच विशेष छुट सम्बन्धी सम्झौता

आर्थिक आवाज
पोखरा, २६ चैत । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखराबीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका सदस्यहरुले साहारा हस्पिटल प्रा.लिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् ।

सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु समेत लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटल प्रा.लिको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा भट्टराईले बैंकले एविविएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सि–एएसविए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बताए । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.