कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बने बस्नेत

पोखरा, १ फागुन । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकको सञ्चालक समितिले प्रविण बस्नेतलाई नियुक्त गरेको छ । फागुन १ गतेबाट लागु हुनेगरी चार्टर एकान्टेन्ट बस्नेत प्रमुख कार्यकारी पदमा नियुक्त भएका हुन् ।

बैंकको २६५औं संचालक समितिको बैठकको उक्त निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढी अनुभव संगालेका बस्नेत यस अगाडि विभिन्न बैंकहरुको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ १ गतेदेखि कामना सेवा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत बनेर काम गर्दै आएका थिए ।

You might also like

Comments are closed.