कामना सेवा विकास वैंकको शाखा झलुङ्गे

पोखरा, ३१ बैशाख

कामना सेवा बिकास वैंक लिमिटेडले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकाको वायांटारी स्थित झलुङ्गेमा आफ्नो ८४ औं शाखा विस्तार गरी कारोवार शुभारम्भ गरेको छ ।
वैंकले सोमबार उक्त शाखाको उद्घाटन गरी वैंकिङ्ग कारोवार शुभारम्भ गरेको छ । वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खांडले एक कार्यक्रमका विच शाखाको उद्घाटन गरे ।

सो अवसरमा मेयर खांडले अझै पनि ग्रामिण भेगका अधिकांश जनताहरु वैेंंकिङ्ग पहुंच देखी टाढानै रहेको औंल्याउंदै वैंकले पनि वित्तिय पहुचलाई सहज र सरल वनाउन वैंकिङ्ग साक्षारता अभियानलाई प्राथमिकतामा राखी घर दैलो कार्यक्रम गर्नुपर्नेमा जोड दिए । वैंकले जनताको लागि दिएको उत्कृष्ट वित्तिय सेवा तथा वित्तिय क्रियाकलापहरुको चर्चा गर्दै आगामी दिनहरुमा अझ वढी चुस्त दुरुस्त एवं दु्रत गतिको सेवा दिन सक्नेमा आशावादी हुंदै हरेक जनताले अव रुपैंया पैसा आफ्नो कन्तुर, सन्दुस वा ढुकुटीमा नराखीकन वैंकमानै लगेर राखी पुंजी निर्माण गर्नु पर्नेमा उनले जोड दिए ।

वैंकका संचालक वलराम वरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वालिङ्ग नगर पालिका वडा नंं १२ का वडा अध्यक्ष दान वहादुर गुरूङ्ग, वडा नंं १३ का अध्यक्ष आनन्द पाठक, वालिङ्ग उधोग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले वैंकको सफल वित्तीय कारोवार संचालनको लागि शुभकामना व्यक्त गरेका थिए ।

यसै गरी वैंकका सहायक महाप्रवन्धक टुवराज वास्तोलाले सम्पुर्ण सहभागीहरुको लागि स्वागत मन्तव्य राख्दै वैंकको समग्र वित्तीय अवस्थाहरुको वारेमा प्रकाश पार्दे वैंकका पछिल्ला आर्थिक गतिविधिहरुको वारेमा जानकारी दिएका थिए ।
हाल बैंकको ८४ वटा शाखा संजाल रहेका छन भने वैंकले २७ वटा ए.टि.एम. मसिन मार्फत सहित अन्य अत्याधुनिक वैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ । वैंकले ग्रामिण क्षेत्रका साथै कृषि, पर्यटन तथा उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी वढाउन लागेको बताइएको छ ।

वैंकले यस वर्ष थप २० वटा शाखा स्थापना गरी शाखा संख्या १०४ पुर्याउने लक्ष लिएको छ । वैंकको हाल चुक्ता पुंजी २ अर्व ५० करोड २० लाख, निक्षेप संकलन २१ अर्व ८ करोड तथा कर्जा लगानी १८ अर्व ७६ करोड रहेको छ ।

You might also like

Comments are closed.