कामना सेवा विकास वैंकको स्थानान्तरित विरौटा शाखाको उद्घाटन

पोखरा, ८ बैशाख

कामना सेवा बिकास वैंक लिमिटेडले आईतवार स्थानान्तरित विरौटा शाखाको उद्घाटन गरी वैंकिङ कारोवार शुभारम्भ गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानवहादुर जि.सी.ले एक कार्यक्रमका विच उक्त स्थानान्तरित शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वोल्दै मेयर जि.सी.ले पोखरामा अवस्थित कामना विकास वैंक लिमिटेड र वुटवलमा अवस्थित सेवा विकास वैंक लिमिटेड एक आपसमा गाभिएर कामना सेवा विकास वैंक लिमिटेडको नामवाट कारोवार गरिरहेको वैंकले जनताको लागि दिएको उत्कृष्ठ वित्तिय सेवा तथा वित्तिय क्रियाकलापहरुको प्रसंसा गरे । आगामी दिनहरुमा बैंकले अझ वढी चुस्त दुरुस्त एवं दु्रत गतिको सेवा दिन सक्नेमा आशावादी हुंदै हरेक जनताले अव रुपैंया पैसा आफ्नो कन्तुर, सन्दुस वा ढुकुटीमा नराखीकन वैंकमा लगेर राख्नु पर्ने बताए । शहरका केही जनता वाहेक अधिकांश ग्राभिण भेगका जनताहरु वैेंंकिङ पहुंच देखी टाढानै रहेको अवस्था रहेको औंल्याउदै वैंकले पनि वित्तिय पहुचलाई सहज र सरलिकृत वनाउन वैंकिङ साक्षारता अभियानलाई प्राथमिकतामा राखी घर दैलो कार्यक्रम गरी गर्नुपर्ने बताए ।

वैंकका स.महाप्रवन्धक टुवराज वास्तोलाद्धारा संचालित उक्त कार्यक्रमको सभापतित्व वैंकका अध्यक्ष सुदिप आचार्यले गरेका थिए भने स्वागत वैंकका विरौटा शाखा प्रमुख यज्ञ पौडेलले गरेका थिए । कार्यक्रममा पोखरा महानगर पालिका वडा नंं १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले वैंकको सफल कारोवार संचालनको लागि शुभकामना व्यक्त गरे । वैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले वैंकको समग्र वित्तीय अवस्थाको वारेमा प्रकाश पार्दै पछिल्ला आर्थिक गतिविधिहरुको वारेमा जानकारी गराएका थिए । वैंकका अध्यक्ष सुदिप आचार्यले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

काठमाण्डौको ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको कामना सेवा विकास वैंक लि.को हाल नेपाल राज्य भरी ८३ वटा शाखा संजाल रहेका छन् भने वैंकले ३७ वटा ए.टि.एम. मेसिन सहित आधुनिक वैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । वैंकले ग्रामिण क्षेत्रका साथै कृषि, पर्यटन तथा उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी वढाउन लागेको छ । वैंकले यस वर्ष थप २२ वटा शाखा स्थापना गरी शाखा संख्या १०५ पुर्याउने लक्ष्य लिएको छ । वैंकको हाल चुक्ता पुंजी २ अर्व ५० करोड २० लाख, निक्षेप संकलन २० अर्व ४८ करोड तथा कर्जा लगानी १८ अर्व ५ करोड रहेको स.महाप्रवन्धक टुवराज वास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.