कारखानाको ‘भविष्य’ पोखरामा

आर्थिक आवाज
पोखरा, १९ मंसिर । पोखरामा ‘भविष्य’ कार्यक्रम हुने भएको छ । कारखाना प्रा.लि.को आयोजनामा पुस २ गते कार्यक्रम हुनेछ । यो काराखान प्रालिले सुरु गरेको राष्ट्रियस्तरको कार्यक्रम रहेको इभेन्ट कोअर्डिनेटर सुमित श्रेष्ठले जानकारी दिए ।
८ देखि १४ वर्षसम्मका विद्यार्थीका लागि प्रालिले विभिन्न कार्यक्रम गर्दै आएको छ । यसले विद्यार्थीलाई प्ल्याटफर्म प्रदान गर्नुका साथै विविध समस्याा समाधानका वारे ज्ञान दिन्छ ।

विद्यार्थीको लागि यो एक च्यालेन्ज पनि हो जसमा विज्ञान प्रविधी, इञ्जिनियरिङ, कला तथा डिजाइनका वारेमा प्रोजेक्ट वर्क गर्नुपर्ने हुन्छ । ३ जनाको समूह बनाएर विद्यार्थीलाई काम गर्न दिइन्छ । ‘प्रालिले विभिन्न समस्या समाधन तर्फ जोड दिएको छ,’ उनले भने ।

दीगो विकासका क्षेत्रमा देखिएका केही समस्याा समाधान गर्ने उद्देश्य पनि कार्यक्रमको छ । यसको मुख्य उद्देश्य भनेको विज्ञानलाई एक विषय भन्दा पनि अरु केही हो भन्ने सन्देश दिनु पनि रहेको श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीको विचमा विभिन्न सिकाई अनुभव पनि प्रदान गर्न सहयोग गर्छ । यसले अतिरिक्त क्रियाकलापमा जोड दिदै विद्यार्थीलाई २१ औ शताव्दीमा आवश्यक सिप, क्षमता, आलोचनात्मक विचार का साथै क्रियटिभ बनाउँछ ।

कक्षा कोठालाई चार भित्ता भित्रमात्र सीमित नराखी एक प्रयोगशाला हो भन्ने अनुभव विद्यार्थीलाई प्रदान गरिन्छ । यस समूहमा इन्जिनियर, डिजाइनर, कलाकालर वैज्ञानिक लगायतको उपस्थिती रहन्छ ।

पोखरामा पनि विभिन्न कार्यक्रम हुने बताइएको छ । अमेरिकी दुतावासको सहयोगमा युथ ईनगेजमेन्ट कार्यक्रम पनि भइरहेको छ । पोखराको कुमुदिनी होम्समा विभिन्न कार्यक्रम सम्पन्न भइसकेका छन् । नेपाली युवा उद्यमी मञ्चको सहयोगमा पोखरा कारखाना ईनोभेटर्स क्लब पनि गठन गरिएको छ । गण्डकी बोर्डिङ स्कुलमा पनि छिट्टै कार्यक्रम गर्ने संस्थाले जनाएको छ । अन्य प्रदर्शनी भन्दा यो कार्यक्रम भिन्न र आकर्षक हुने बताइएको छ ।

 

You might also like

Comments are closed.