कारगारमा संचालित सिलाई कटिङ तालिम सम्पन्न

तनहुँ, २३ बैशाख
घरेलु तथा साना उद्योग विकास समिति, व्यास नगरपालिका तथा जिल्ला कारागारको संयुक्त आयोजनामा संचालित ३ महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

सोमबार तालिमको समापन गदै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले तालिमले सिर्जनशील बन्न प्रेरण मिल्ने बताए । कार्यमा क्रियाशिल रहदा नकारात्म कुरामा ध्यान नजाने चर्चा गर्दै न्यौपानेले तालिमको सदुपयोग गर्न सुझाव दिए ।  त्यस्तै प्रमुख जिल्ला अधिकारी भरतुकमार शर्माले कारागारमा पनि रोजगार प्रदान गर्ने उद्देश्यले तालिम दिएको बताए । तालिमको सही उपयोग गर्न सके सजाय समय पछि समाजमा फर्की व्यवसायी बन्न सकिने शर्माको भनाई थियो ।

सोही अवसरमा घरेलु तथा साना उद्योग विकास समितिकी बिमला धितालले आफुले सिकेको सिकलाई निरन्तर हस्तान्तरण गदै जानुपर्ने बताईन् । बन्दी गृहलाई सुधार गृह बनाउने उद्देश्यले बेलाबेलामा विभिन्न तालिमहरु प्रदान गरि रहेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

हाल कारागारमा १सय ३६ जना बन्दीहरु छन् । जसमा धेरै जसोले मुढा बुनी मासिक पाँच हजार सम्म आम्दानी गरेका छन् । बन्दी गृहको माग अनुसार नै तालिम सञ्चालन गरिएको जिल्ला कारागारले जनाएको छ ।

तालिममा मेसिन फिट गर्न, कपडा काट्न, टाँक घर लगायत अन्य सिलाई सम्बन्धी सीप प्रदान गरिएको थियो ।   तालिममा उत्कृष्ट हुने २ जनालाई सोही अवसरमा  सम्मान सहित पुरस्कृत गरिएको थियो ।

You might also like

Comments are closed.