कारमा बोतल राखेर ड्राइभिङ गर्दै हुनुहुन्छ ? हाेसियार गम्भीर दुर्घटना हुनसक्छ

पोखरा । हामी धेरैले सडकमा यात्रा गर्दा पानी प्यास लागेमा सहजताका लागि बोतलमा पानी राख्ने गर्छौं । तर, कतिपय अवस्थामा यसैका कारण गम्भीर दुर्घटना समेत हुने गरेको पाइएको छ ।

मलेसियाको सिन चिउ डेलीले यस सम्बन्धी विस्तृत विवरण प्रकाशित गरेको छ । त्यसैगरी Polis Daerah Pendang नामक फेसबुक पेजमा यस सम्बन्धी सचेतनामूलक सामग्री प्रकाशित गरिएको छ ।

धेरै गाडीहरुमा कप होल्डर राखिएको हुन्छ । तर कतिपयले कप होल्डरमा बोतलका सट्टा अन्य सामग्री राखेर बोतललाई जता मन लाग्यो, उतै राख्ने गरेको पाइन्छ । त्यसैगरी धेरैजसो गाडीहरुमा कप होल्डर हुँदैन ।

यो अवस्थामा ड्राइभरहरुले जतासुकै पनि बोतल राख्ने गरेको पाइन्छ । कतिपय अवस्थामा यो बोतल लडीबुडी गर्दै ब्रेक र एक्सिलरेटर भएको स्थानमा गएर बस्न सक्छ ।

यदि त्यसरी बस्यो भने ब्रेक लगाउन वा एक्सिलरेटर थिच्दा आवश्यक कार्य नहुने हुन्छ । जसले गर्दा गम्भीर दुर्घटना हुन सक्छ । त्यसैले यो कुरामा सबैले सचेतता अपनाउने कि ?

You might also like

Comments are closed.