पोखरा, २२ बैशाख
कारितास नेपाल फिल्ड कार्यालयको सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर २९ आर्दशचोक बाली उपचार शिविर सम्पन्न भएको छ । नेपाल जिविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगत शिविर सञ्चालन भएको हो ।
बाली संरक्षण प्रयोगशाला गण्डकीका प्रमुख प्लान्ट डा धनबहादुर राना, सहजर्कता कारितास नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्य, हिममाया भण्डारी, नाइस केयर नेपालका मुक्तीनाथ पौडेल लगाएले कृषकहरुलाई सहजीकरण गरेका थिए । शिविरमा करिब ३५ वटा नमुना जाँच गरीएको थियो । सबै भन्दा बढि लाइकिरा, अन्य किराले समस्या दिएको कृषकहरुले बताएको कारीतस नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् । उनले किसानलाई तरकारी बाली, फलफुल र अन्न भण्डारमा देखिएका समस्या समाधानका उपाएका बारेमा जानकारी दिएको बताइन् । स्थानीय कृषकहरुले शिविर नियमित रुपमा संचालन गर्नु पर्ने माग कृषकहरुले राखेका थिए ।






Comments are closed.