कार्यकाल उपलब्धीमूलक

राम बसेल
क्याबिनेट सेक्रेटरी, लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालको वर्ष २०१८÷१९को कार्यकाल हरेक दृष्टिकोणले सफल र उपलब्धीमूलक रह्यो । सामाजिक सेवामा होस् कि क्लबले पाएको अचिभमेन्ट सबै हिसाबले हाम्रो क्लब अब्बल रह्यो ।

क्लबको तेस्रो क्याविनेट मिटिङ २०७५ फाल्गुण १० र ११ गते काभ्रेको धुलिखेलमा सम्पन्न भयो । सो मिटिङमा करिब १३०० जना सहभागी हुनुभएको थियो । मिटिङअघि विहान निकालिएको भव्य र शभ्य शान्ति ¥यालीले लायन्स क्लबको ब्रान्डिङ गर्नलाई महत्वपूर्ण योगदान दिएको छ भन्ने हाम्रो ठम्याई छ । सो अवसरमा डिष्ट्रिक्ट गर्भनर लायन अशोककुमार श्रेष्ठले विभिन्न विधाहरूमा उत्कृष्ट कार्य गर्नुहुने लायन मित्रहरूलाई अवार्ड समेत वितरण गर्नुभएको थियो ।

मल्टिपल डिष्ट्रिक्ट ३२५ को महत्वपूर्ण कार्यक्रम चौथो मल्टिपल फेलोसिप कार्यक्रम डिष्ट्रिक्ट ३२५ ए २ ले होष्ट गरि सैनिक आवासिय मा.वि., सल्लाघारी, भक्तपुरमा सम्पन्न भयो । सो अवसरमा कार ¥यालीसमेत निकालिएको थियो ।

क्लबको महत्वपूर्ण कार्यक्रम मध्येको एक मानिने लायन लिडरसीप इन्स्टिीच्यूट (एलएलआई) पनि भव्यताको साथमा सम्पन्न भयो । तनँहुको बन्दीपुरमा ०८–१० मार्च २०१९ मा तीन दिनसम्म आवासीय रूपमा सञ्चालित उक्त कार्यक्रमले आफनो कन्फिडेन्स लेभल बढाएको, नया नया कुराहरुको ज्ञान प्राप्त भएको, सृजनशील काम गर्न उर्जा प्राप्त भएको विश्वास गरेका छौं ।

क्लबले लायन अफ द मन्थ, लिभिङ बाई गिभिङ अफ द मन्थ, च्याम्पियन अफ द मन्थ र इमर्जिङ लायन अफ द मन्थ अवार्ड नियमित रुपमा सम्पन्न भए ।

क्लबले लायन्स मित्रहरू बीचमा भाइचारा सम्बन्ध प्रगाढ बनाउने हेतुले लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालको आयोजनामा पोखरा, काठमाडौं र पर्वतमा होली विशेष कार्यक्रम आयोजना गरियो ।”Strengthing Women’s Life Style through Lionsim” भन्ने नाराका साथ गत चैत २९ गते पोखरामा लायन र ननलायनहरुको सहभागितामा ध्यmभल क्थmउयकष्गm कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । डिष्ट्रिक्टको महत्वपूर्ण कार्यक्रम मध्येको एक डि.जि.टु क्लब भिजिट कार्यक्रम नियमित रुपमा भयो । क्लवका डिष्ट्रिक्ट गर्भनर लायन अशोककुमार श्रेष्ठ ज्यूले डि.जि.टु क्लब भिजिट नियमित रूपमा गरिरहनुभएको हो ।

You might also like

Comments are closed.