‘कार्यकाल सफल भयो’

मीलन तिवारी
अध्यक्ष, इक्यान कास्की

नेपाल शैक्षिक परामर्श संघ २०५४ सालमा स्थापना भएको हो । पोखरा, चितवन, ललितपुरसहित यसका ५ वटा शाखा छन् । हामी कास्की शाखाको रुपमा कार्यरत छौं । हामीले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई परामर्श दिने हो । खास गरेर शिक्षाका लागि कुन देश राम्रो छ ? कुन विषयका लागि कुन कलेजमा पढाई राम्रो हुन्छ ? त्यसका लागि कसरी प्रोसेस गर्ने ? भिसा अप्लाईका लागि के गर्ने ? डकुमेन्टहरु केके चाहिन्छ ? स्कलरसीपका लागि के गर्नुपर्छ ? ट्यूसन फि कति छ ? र कसरी तिर्नेलगायतका बारेमा हामीले परामर्श दिने गरेका छौं । त्यस्तै कुन विषय विदेशमा पढेर आएपछि नेपालमा त्यसको भविष्य कस्तो छ भनेरपनि हामीले विद्यार्थी र अभिभावकलाई जानकारी गराउँछौं ।

हामी निर्वाचित भएर आएपछि गर्ने भनेका प्रायः सबै काम सम्पन्न गरेका छौं । हामीले हाम्रो कार्यकालमा २ वटा शैक्षिक मेला सम्पन्न ग¥यौं । मेलाको अवसरमा विदेशका प्रतिष्ठित कलेजका प्रतिनिधिहरु बोलाएर त्यहाँको अवस्था, नियमहरु, अध्ययनको वातावरण लगायतका बारेमा प्रत्यक्ष बुझ्ने अवसर मिलाइयो । त्यस्तै, पोखराका सबै कन्सल्टेन्सीको स्टल राखेर शैक्षिक परामर्श गराइयो ।

हाम्रो कार्यकालमा सबै सदस्यलाई एकै ठाउँमा राखेर शैक्षिक परामर्श तालिम, व्यवसाय व्यवस्थापन, नेतृत्व विकास लगायतका तालिम गरायौं । त्यस्तै भिसा पोलिसी परिवर्तन सम्बन्धी न्यूजिल्याण्डको एनजेड एजुकेसन ट्रेनिङ गरायौं । शिक्षा मन्त्रालयसँग समन्वय गरेर ८० घण्टा लामो काउन्सिलिङ टे«निङ गरायौं । सामाजिक कार्य अन्तर्गत छात्रवृति वितरण ग¥यौं । व्यवसायीबीच आत्मियता बढाउन सदस्यहरुलाई ¥याफ्टिङ, हाइकिङ, पिकनिक गरायौं । ब्रिटिस काउन्सिलसँग समन्वय गरेर उनीहरुकै विज्ञ प्रशिक्षक ल्याएर शैक्षिक परामर्शदाताहरुलाई टे«निङ गरायौं ।

धेरै काम गरेपनि पोखरामा भएका सबै कन्सल्टेन्सीलाई इक्यानमा आबद्ध गराउने प्रयास भने पूर्ण रुपमा सफल भएको छैन । अब नयाँ नेतृत्वले यो कार्यलाई टुंगोमा पु¥याउनेमा विश्वस्त छु ।

You might also like

Comments are closed.