कार भन्दा महङगो यामाहाको तीन पाङग्रे बाइक, यस्ता छन् विशेषता

सन् २०१८ ईआईसीएमए शोमा यामाहाले तीन पाङग्रे बाइक निकेन लन्च गरेको थियो । कम्पनीले बेलायतमा सो बाइकको मूल्य घोषणा गरेको थियो । सो निकेन बाइकको मूल्य १३ हजार ४९९ पाउण्ड तोकिएको छ ।

मिडिया रिपोर्टका अनुसार आउँदो वर्ष भारतमा हुन लागेको अटो एक्सपोमा यामाहाले सो बाइक लन्च गर्ने सम्भावना रहेको छ । तर कम्पनीले भने यसको केही आधिकारिक जानकारी भने दिएको छैन ।

सो निकेन बाइकमा ८४७ सीसीको इन लाइन थ्री सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले १०००० आरपीएममा ११४ बीएचपीको पावर र ८५०० आरपीएममा ८७।५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन कम्पनीको एमटी–०९ मा पनि जडान गरिएको छ ।

सो बाइकको तौल २६३ किलोग्राम रहेको छ तर यसलाई चलाउन निकै सजिलो रहेको छ । यसमा २५ लिटरको प्यानियर्स समावेश गरिएको छ जसले पछाडि सिटमा बसेका यात्रीलाई ह्यान्डल समाउन सहयोग गर्छ । साथै सो बाइकमा स्मार्टफोन वा अन्य कुनै पनि ग्याजेटलाई चार्ज गर्नको लागि १२–भीको आउटलेट पनि समावेश गरिएको छ ।

सो निकेन बाइकमा सुरक्षाको लागि केही सेफ्टी फिचर पनि दिइएको छ । यसमा स्ट्यान्डर्ड स्लिपर असिस्ट क्लच, क्विकसिफ्टर क्रुज कन्ट्रोल जडान गरिएको छ, जुन चौथौ गियरबाट प्रभावित हुन्छ र ५० किलोमिटर प्रति घन्टा भन्दा बढि स्पिडको हुन्छ । सो बाइक एलएमडब्ल्यु टेक्नोलोजीबाट निर्माण गरिएको हो । सो टेक्नोलोजीको मदतले बाइकलाई मोड्न निकै सजिलो हुन्छ । साथै तीव्र गतिमा पनि बाइकको ब्यालेन्समा केही फरक पर्दैन ।

You might also like

Comments are closed.