कालाबाङ घरेडी होमस्टे स्थानीय समुदायलाई हस्तान्तरण, एशियन फोरम नेपालको अध्यक्षमा श्रेष्ठ

पोखरा,१२ भदौ ।
एशियन फोरमको सहयोगमा २०७१ सालबाट शुरु गरिएको कालाबाङ घरेडी सामुदायिक होमस्टे स्थानीय समुदायलाई सवै ब्यस्थापन गर्नेगरी हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले एक कार्यक्रमका वीच सो होमस्टे समुदायमा हस्तान्तरण भएको घोषणा गरेका हुन् ।

१८ घरमा सञ्चालित होमस्टे यसबर्ष ग्रामीण पर्यटन प्रबद्र्धन मञ्च(भिटोफ) द्वारा देशकै उत्कृष्ट होमस्टेको अवार्ड पाउन सफल भएको थियो । पर्यटन मन्त्री लम्सालले गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका तर्फबाट कालाबाङ घरेडी होमस्टेलाई पूर्वाधार निर्माणमा नगद १० लाख सहयोगको घोषणा समेत गरे । गुरुङ, ब्राह्मण र दलित समुदायले सञ्चालन गरेको समावेशी होमस्टे, स्थानीय उत्पादन पाइने अन्य स्थानको भन्दा फरक विशेषतासहितको होमस्टे भएको मन्त्रीले लम्सालको भनाई थियो ।

एशियन फोरम नेपालका अध्यक्ष निरज थापाले पोखरा शहरदेखि १३ किलो मिटर मात्रै टाढा रहेको कालावाङ घरेडी सबै हिसावले होमस्टे सञ्चालनका लागि उत्कृष्ट रहेको र आफूले शुरु गरेको कामले सफलता प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे । यसैविच मञ्चको १४औं बार्षिक साधारणसभा तथा छैटौ अधिवेशन एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च(एशियन फोरम) नेपालको अध्यक्षमा किस्मतमणि श्रेष्ठ चयन भएका छन् । मञ्चको निवर्तमान अध्यक्ष निरज थापाको अध्यक्ष्तामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, द्घितिय उपाध्यक्ष मेनका पौडेल, महासचिव निलाम्बर बडाल, कोषाध्यक्षमा मनबहादुर श्रेष्ठ (आसिक) सचिवमा विजय गुरुङ, सदस्यहरुमा जुम गुरुङ, रमेश श्रेष्ठ, सन्तोष बोगटी, दमन्ता खड्का र कल्पना पौडेल रहेका छन् । २ बर्षे कार्यकाल रहेको १७ सदस्यीय समितिको दुई महिला र २ पुरुष अध्यक्षको सिफारिसमा कार्यसमितिले चयनगर्ने निर्बतमान अध्यक्ष निरज थापाले जानकारी दिए ।

You might also like

Comments are closed.