कालिकास्थानमा कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लेखनाथ, ४ जेठ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा कालिकास्थान बजार व्यवस्थापन समितिको सहयोगमा कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रमको तेस्रोे दिनको कार्यक्रम पोखरा लेखनाथ वडा नं ३३, कालिकास्थानमा शुक्रबार सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवं पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले व्यवसायीका लागि कर लेखा अत्यन्त जरुरी भएकाले लेखा चुस्त र दुस्त राख्नुपर्ने र महानगरपालिकालाई व्यवसाय कर तिर्ने र लेखा राख्ने र व्यवसाय दर्ता गरेरमात्र अगाडि बढ्न सवैलाई अनुरोध। गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा आयोजना भएको कर प्रशिक्षण कार्यक्रममा कालिकास्थान बजार व्यवस्थापन समितिका अध्यक्ष पदमराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका पूर्व कर अधिकृत रमानाथ पौडेल र कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला समिति पोखराका निवर्तमान अध्यक्ष सुदिप अधिकारीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ४० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।

संघका कार्यसमिति सदस्य एवं राजश्व परामर्श समितिका सभापति विक्रम कर्माचार्यले कर शिक्षा कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पारेका थिए । उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, कार्यसमिति सदस्य सरोजराज अधिकारी लगायतले बोलेका थिए । संघका महासचिव भरतकुमार अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

You might also like

Comments are closed.