कालिका बहिरा आधारभूत विद्यालयको छात्रावासलाई सहयोग

पोखरा १४ असोज ।

लायन्स क्लब अफ पोखरा लामाचौरले स्याङ्जाको चण्डी कालिका बहिरा आधारभूत विद्यालयको छात्रावासलाई सहयोग गरेको छ । क्लबले छात्राबासमा रहेका विद्यार्थीलाई खानासमेत खुवाएको छ ।

हरेक हप्ता ५ के.जी मासु र २ क्रेट अण्डा सहयोग गर्ने क्लबका अध्यक्ष संजय लामाले जानकारी दिए । छात्रावासमा २७ जना विद्यार्थी छन् ।

पुतलीबजार नगरपालिका वडा नं ३ का वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले क्लबले गरेको कामको प्रशंसा गरे । कार्यक्रममा लायन्स क्लब अफ स्याङ्जाका अध्यक्ष रामचन्द्र पोखरेल लगायत अन्य लायन्स सदस्यको सहभागिता रहेको सृजना रिजाल कार्कीले जानकारी दिईन् ।

आगामी दिनमा पनि सहयोग गर्ने क्लबका अध्यक्ष लामाले प्रतिवद्धता व्यक्त गरेको सृजना रिजाल कार्कीले जानकारी दिइन् । क्लबका प्रथम उपाध्यक्ष ज्ञानु लामाले कार्यक्रम संयोजन गरेकी थिइन् भने संचालन अनिश लामाले गरेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...