कालिका र जनसेवीबीच एकीकृत कारोवारको लागि राष्ट्र बैंकको अन्तिम स्वीकृत

आर्थिक आवाज
पोखरा । स्याङ्जाको वालिङस्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र पर्वतको कुश्मास्थित जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिनको लागि राष्ट्र बैंकमा बुझाएको अन्तिम सम्झौतामा अन्तिम स्वीकृती दिएको छ । कालिका लघुवित्त वित्तीय संस्थाले जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभे पश्चात संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने गरि राष्ट्र बैंकले स्वीकृती दिएको हो ।

मर्ज पश्चात संस्थाको अध्यक्षता साविक जनसेवी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विकास गौचनले गर्नेछन् । पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिका लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ । पोखरा महानगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहने भएको नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कालिका लघुवित्त वित्तीय संस्था लि. का हालका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरालाई दिने सहमति भएको छ ।

अन्तिम सहमति पश्चात एक महिना भित्र एकीकृत कारोवार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

You might also like

Comments are closed.