कालिका लघुवित्तका अध्यक्ष पौडेलद्वारा सपथ ग्रहण

पोखरा, २५ मंसिर ।

स्याङ्जाको वालिङस्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतम समक्ष अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सञ्चालक समितिमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौड्यालले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समिति सदस्य बासुदेव पौडेल सर्वसम्मत चयन भएका हुन् । आगामी साधारण सभा सम्मको लागि पौडेल अध्यक्षको रुपमा चयन भएका हुन् । सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा सपथ ग्रहण भएको प्रमुख कार्यकारी अधिकृत मिन बाहोराले बताए ।

You might also like

Comments are closed.