पोखरा, २ फागुन
कालिका लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष कृष्ण खाँणले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष अध्यक्ष खाँणले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
संस्थाको ९औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सर्वसम्मत निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि बसेको संचालक समितिको १६५औं बैठकले संचालक खाँणलाई अध्यक्षमा चयन गरेको थियो ।
सपथग्रहण कार्यक्रममा संस्थाका सर्वसाधारण तर्फका संचालक विश्वराज नेपाल, करुणा पोख्रेल, प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा राष्ट्रबैंकका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
संस्थाले २०७५ माघ मसान्तसम्ममा २५ जिल्लाका ७० वटा शाखा कार्यालय मार्फत करिव ३३ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ । संस्थाले सदस्यहरुबाट ६१ करोड ६१ लाख निक्षेप संकलन सहित १अर्ब ६० करोड कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बताए ।
Comments are closed.