कालिका लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी

पोखरा, २१ फागुन
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा गोष्ठी, कार्य सञ्चालन तथा बिमा सम्बन्धि ३ दिने तालिम चितवनको सौराहा सम्पन्न भएको छ । ७० वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको तालिम यही फागुन १८ गते शुरु भई २० गते सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कृष्ण खाँडले कालिका कर्मचारीमैत्री संस्था भएको चर्चा गर्दै संस्थाको लक्ष्य हासिल गर्न रचनात्मक तरिकाले लाग्न कर्मचारीलाई निर्देशन दिए । त्यस्तै प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले कर्मचारीहरुलाई सदस्यमैत्री बनेर सेवाभावलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । कार्यक्रममा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागिय प्रमुखहरुले सहजिकरण गरेका थिए । संस्थाले आर्थिक वर्षको अन्तिम सम्ममा ५५ हजार सदस्यहरुबाट ८२ करोड निक्षेप संकलन सहित २२१ करोड लगानी पुर्याउने लक्ष्य रहेको छ ।

यसै बिचमा संस्थापक समुहको तर्फबाट निर्वाचित भएका सञ्चालकहरु नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ र कृष्णकाजी के.सी.ले अध्यक्ष कृष्ण खाँड समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले नियुक्त भएका छन् ।

MANASLU

कार्यक्रममा सर्वसाधारण समूहका सञ्चालकद्धय विश्वराज नेपाल र करुणा पोख्रेल तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रिय प्रबन्धक सुरेन्द्र थापा, सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी लगायतको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...