पोखरा ।
कालिका लघुवित्त वित्तिय संस्थाको का.मु प्रमुख कार्यकारी अधिकृतमा कमल खत्री नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको २०७७ असार ३१ को बोर्ड बैठकले खत्रीलाई का.मु सिईओमा नियुक्त गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत रहेका मिन बहादुर बोहरा बाहिरिएपछि सोही संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीले का.मु. प्रमुखको जिम्मेवारी पाएका हुन् ।
२३ वर्षको वित्तिय अनुभव संगालेका खत्री कालिका लघुवित्त बाहेक जनसेवी लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरिसकेका व्यक्ति हुन् । जनसेवी र कालिका मर्जरपछि उनी संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत थिए ।




Comments are closed.