कालिका लघुवित्तको केन्द्र प्रमुख कार्यशाला गोष्ठी

पोखरा, १७ बैशाख

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले स्याङ्जाको मालुङ्गा शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुख उप प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी सोमबार सम्पन्न गरेको छ ।

मालुङ्गा शाखाको केन्द्र नं. १० लगनशिल कालिका महिला विकास केन्द्रका केन्द्र प्रमुख रुकमणी न्यौपानेको अध्यक्षता तथा सञ्चालक समितिका अध्यक्ष कृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४६ वटा केन्द्रका केन्द्र प्रमुख एवं उप प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मालुङ्गा शाखाका शाखा प्रबन्धक श्रृष्टी लुईंटेलले सहभागि एवं अतिथिहरुलाई स्वागत गर्दै संस्थाको हालको अवस्था विश्लेषण गरेका थिए ।

संस्थाका कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले संस्थाको नयाँ सेवा सुविधाहरु एवं कर्जा तथा बचतका प्रकारहरुको बारेमा जानकारी दिनुका साथै सहभागिहरुको अन्तरक्रिया एवं छलफलमा सहजिकरण गरेका थिए । प्रमुख अतिथि एवं अध्यक्ष खाँणले सदस्यहरुको शसक्तिकरण मात्र हैन सामाजिक र आर्थिक सवलिकरणको लागि संस्थाले काम गर्दै जाने बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले कार्यक्रममा बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउनको लागि अनुरोध गरेका थिए । कर्मचारीहरुले प्रतिज्ञा गरि सदस्यहरुले स्वालम्बन गाना सहित शुरु भएको कार्यक्रममा उत्कृष्ट चार वटा केन्द्रहरुलाई नगद सहित पुरस्कृत गरेका थिए भने संस्थालाई निरन्तर सहयोग गरिरहने पाँच जना सदस्यहरुलाई प्रसंशा पत्र वितरण गरिएको थियो ।

२०६९ साल कार्तिकमा संस्थाको नवौं शाखाको रुपमा स्थापना भएको मालुङ्गा शाखाले गल्याङ नगरपालिका लगायत रम्भा गाउँपालिका र बगनाशकाली र गाउँपालिकाका ६४० जना सदस्यहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा पुर्याइरहेको छ । कालिका लघुवित्त वित्तीय संस्थाले २५ वटा जिल्लााम ७० वटा शाखा मार्फत झण्डै ४० हजार घरधुरीलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा पु¥याइरहेको छ ।कार्यक्रम योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्यालले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.