कालिका लघुवित्तको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

पोखरा, २५ बैशाख

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड बाडखोला शाखामा लघुवित्त कारोवार गर्ने ४६ केन्द्रका केन्द्र प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति सदस्य नित्यानन्द तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई स्वागत गर्दै शाखाको प्रगति विवरण शाखा प्रमुख रजनी पंगेनीले प्रस्तुत गरेका थिए ।

गोष्ठीमा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले वित्तीय अनुशासनको बारेमा जानकारी दिंदै संस्थाको नयाँ सेवा सुविधाहरु एवं बचत तथा कर्जाको कार्यक्रमहरुको बारेमा उपस्थितहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित सहभागिहरुले अन्तरक्रियामा उठाएका सवाल एवं गुनासोहरुमा संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी र कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सम्बोधन गरेका थिए । आगामी दिनमा सदस्यहरुको क्षमता तथा सीप अभिबृद्धि तथा सामाजिक र आर्थिक स्तर बढाउँदै लाने कार्यक्रमहरुलाई प्राथमिकता दिंदै जाने सहायक प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

वाडखोला शाखाको केन्द्र नं. ३० राम कालिका महिला विकास केन्द्रका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष सुमित्रा कार्कीले हरेक क्षेत्रमा लघुवित्त संस्थाहरु बढ्दै गएको अवस्थामा सदस्यहरुले अब छान्नुपर्ने दिन आएको वताईन् ।

कार्यक्रममा शाखामा उत्कृष्ट कारोवार गरेका केन्द्रहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने असल सदस्यहरुलाई प्रशंसा पत्रबाट सम्मानित गरिएको जनाइएको छ ।

You might also like

Comments are closed.