कालिका लघुवित्तद्वारा मृतक कर्मचारीका परिवारलाई सहयोग

पोखरा, ८ चैत
स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमटेडले मृतक कर्मचारीको परिवारलाई ७ लाख सहयोग गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका ६ स्थायी बसोबास भई बैंकको रुपन्देही जिल्लाको जोगीकुटी शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमति ज्ञानकुमारी राईलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले ७ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

संस्थामा कार्यरत कर्मचारीलाई आपत विपत तथा घटनामा परी ज्यान गुमाएर आर्थिक सहयोग गरेको पहिलो पटक भएको संस्थाले जनाएको छ । जोगीकुटी शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत रहेको दुई महिनामै घरबाट कार्यालय आउने क्रममा पूर्व पश्चिम राजमार्गको बर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको थियो संस्थाका अध्यक्ष खाँणले भने, संस्थाले एक ईमान्दार र कर्तब्य निष्ठ कर्मचारी गुमाउँदा क्षति पुगेको छ भने घर परिवारलाई झनै ठुलो क्षति अनि पीडा थपिएकोले राहत स्वरुप घर परिवारलाई आर्थिक सहयोग गरेका हौं ।
मृतक राईको परिवारलाई यस अघि पनि संस्थामा कार्यरत कर्मचारीहरुले आर्थिक संकलन गरी एक लाख ७५ हजार सहयोग प्रदान गरिएको र मृतककी श्रीमति ज्ञानकुमारी राईलाई चितवनको भण्डारा शाखामा कर्मचारीका रुपमा नियुक्ती गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मीन बोहोराले बताए ।

संस्थाले राहत स्वरुप ठुलो रकम सहयोग गरेकोमा आभार व्यक्त गर्दै उक्त रकमले आफ्नो साढे ४ वर्षको छोराको शिक्षा दिक्षामा खर्च गर्ने योजना बनाएको मृतककी श्रीमति ज्ञानकुमारी राईले बताइन् ।२०६७ भदौमा स्याङ्जाको वालिङमा स्थापना भएको कालिका लघुवित्त वित्तीय संस्थाको हाल २५ जिल्लामा ७० वटा शाखा रहेका छन् भने ३५ हजार सदस्य यसमा आबद्ध रहेका छन् । एक अर्ब ७० करोड लगानी रहेको बैंकको हाल ६५ करोड निक्षेप रहेको कार्यकारी अधिकृत बोहोराले बताउनुभयो । हालसम्म ३१५ जना कर्मचारी कार्यरत बैंकमा महिला कर्मचारी २०१ र पुरुष कर्मचारी ११४ जना रहेका छन् ।

You might also like

Comments are closed.