कालीगण्डकीमा डाइभर्सन बनाउन दिन्नौं : मुख्यमन्त्री

पोखरा, ८ बैशाख

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एकलौटी रुपमा बनाउन लागिएको कालिगण्डकी डाइभर्सन परियोजना सफल हुन नदिने बताएका छन् । प्रदेश नम्बर ५ सरकारले कालीगण्डकी डाइभर्सन गरेर तिनाउमा पानी खसाल्ने योजना बनाएकोप्रति असन्तुष्टी जनाउँदै उनले आफूहरुको सहमति बिना कालिगण्डकी डाइभर्सन परियोजना कुनैपनि हालतमा सफल हुन नदिने बताएका हुन् । उनले यो योजनाको प्रतिरोधमा उत्रिन सांसदहरुलाई पनि आग्रह गरेका छन् ।

कालीगण्डकी नदीको पानी सुरुङमार्फत तिनाउमा खसाली रुपन्देही र कपिलवस्तुमा सिंचाई गर्ने उद्देश्यसहित कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय योजना अघि सारेको छ । पाल्पा र स्याङ्जाको सीमानामा पर्ने राम्दीभन्दा केही तल सुरुङ बनाउने प्रस्ताव गरिएको सो योजनामा आफूहरुको सहमति नरहेको र सो योजना सफलपनि हुन नदिने उनको भनाई छ । उनले भने,‘कालीगण्डकी प्रदेश नम्बर ५ को मात्रै होइन, हाम्रो पनि हो, त्यसमा बाँध बनाउन दिदैनौं । उनले एकलौटी रुपमा प्रदेश ५ ले योजना अघि बढाएको प्रति आपत्ति जनाउँदै पचास÷पचास प्रतिशत हिस्सामा पनि गण्डकी प्रदेशको असहमति रहने स्पष्ट पारे । उनले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भनिसकेको दाबी गर्दै भने,‘मैले यस विषयमा प्रधानमन्त्रीलाई पनि भनिसकेको छु, डाँडो छेडेर कसैले कालीगण्डकी डाइभर्सन गर्छु भन्ने नसोचे हुन्छ ।’

कालीगण्डकी डाइभर्सनले विभिन्न जिल्लाको क्षेत्रसहित देवघाटसम्मको पर्यावरण प्रभावित हुने उनको भनाई छ ।

You might also like

Comments are closed.