कास्कीका क्रियाशील पत्रकार महिलालाई सामाजिक अभियन्ता आचार्यले गरिन् सहयोग

पोखरा ।

पोखराकी सामाजिक अभियन्ता रंगिला आचार्यले कोरोना महामारीको समयमा पनि पत्रकारिता गरिरहेका कास्कीका क्रियाशील पत्रकार महिलालाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकी छन् ।

आचार्यले शनिबार पोखरामा क्रियाशील पत्रकार महिला )डब्लु डब्लु जे )को समन्वयमा ५० भन्दा बढि पत्रकारलाई सेनिटाईजर,एन(९५ मास्क,गल्वस लगायतका सामाग्री वितरण गरेकी हुन् ।

कोरोना महामारीको समयमा पनि आफ्नो ज्यानको पर्वाह नगरी फ्रन्ट लाईनमा रहेर रिपोर्टिङ गर्ने पत्रकारको लागि सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिईन् ।

त्यसैगरी उनले आफ्नो घरायसी खर्चलाई व्यवस्थापन गर्दै पोखराका ७,१७ र २१ नम्बर वडाका झन्डै १सय ५० परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिईन्।

कार्यक्रममा डब्लुडब्लुजेका गण्डकी अध्यक्ष सरिता तिम्सिना पगेनीले विपदका समयमा पत्रकारको भुमिका महत्त्वपूर्ण हुने बताउदै सुरक्षित भएर काम गर्न सुझाव दिईन् ।उनले सामाजिक अभियान्ता आचार्यले पत्रकार महिलालाई गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गरिन् ।

कार्यक्रममा डब्लुडब्लुजे का केन्द्रीय सदस्य दुर्गा अधिकारी ,कास्कीका अध्यक्ष शीला गुरुङ ,सल्लाहकार एवं अग्रज पत्रकार शान्ति राणा लगायतले आचार्यले गरेको मानवीय कार्यको प्रशंसा गरेका थिए ।

You might also like

Comments are closed.