कास्कीका पुस्तक व्यबसायीले पुस्तक दिवस मनाए

माघ २८ पोखरा ।
छैटौ राष्ट्रिय पुस्तक दिवसको उपल्यक्षमा नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ जिल्ला शाखा कास्कीले मादी गाँउपालिका ७ छाचोकमा रहेको कालिका आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सयोग गरेर पुस्तक दिवस मनाएको छ ।

पुस्तक दिवसको अवसरमा हरेक वर्षा मनाउने क्रममा महासंघ जिल्ला शाखा कास्कीले यो वर्षा उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई करीव चालिस हजार बराबरको झोला लगाएत स्टेशनरी सामान तथा विभिन्न पुस्तकहरु तथा विद्यालयलाई विभिन्न खेलकुद सामाग्रीहरु सयोग गरेको हो ।
कार्यक्रममा वोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीका अध्यक्ष मोहन प्रसाद सापकोटाले हरेक श्रीपन्चमीलाई महासंघले पुस्तक दिवसको रुपमा मनाउदै आएकोले जिल्ला शाखा कास्कीले पनि मनाएको बताउदै स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई सयोग गर्न पाएकोमा खुशी प्रकट गरे ।
कालिका आधारभुत विद्यालयका पुर्व ब्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटा तथा विद्यालयका प्र अ लिलानाथ कुइकेलले विद्यालयमा अध्यनरत विद्यार्थीलाई तथा विद्यालयलाई विभिन्न स्टेशनरी सामाग्री,पुस्तक तथा खेलकुद सामाग्री सयोग गरेकोमा नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ जिल्ला शाखा कास्कीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ जिल्ला शाखा कास्कीका पुर्व कोषाध्यक्ष राजेन्द्र घिमिरेले हरेक बर्ष श्रीपन्चमीको दिनमा नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघले विविध कार्यक्रमका साथ पुस्तक दिवस मनाउँदै आएको बताए ।

You might also like

Comments are closed.