कास्कीका रवीन्द्र र जगत बने केपी सरकारका प्रभावशाली मन्त्री

पोखरा, २ चैत । कास्कीका सांसद जगत विश्वकर्मा र रवीन्द्र अधिकारीले मन्त्री पदको सपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा उनीहरुसहित अन्य मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।

विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् भने अधिकारी पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । ओलीले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरुको सपथसँगै कास्कीले दुईवटा महत्वपूर्ण मन्त्रालय पाएको छ । अधिकारी कास्की क्षेत्र नं. २ बाट र विश्वकर्मा कास्की क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा विजयी भएका थिए ।

साथै एमालेबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, शेरबहादुर तामाङलाई कानून तथा संसदीय मामिला, रघुवीर महासेठलाई भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाइएको छ । माओवादीबाट गिरिराजमण पोखरेल शिक्षा, वर्षमान पुन ऊर्जा, शक्ति बस्नेत वन मन्त्री, बिना मगर खानेपानी र चक्रपाणि खनाल ‘बलदेव’ कृषि तथा सहकारी मन्त्री बनेका छन् ।  एमालेका गोकलु बास्कोटा र पद्मा अर्याल राज्यमन्त्री बनेका छन् भने माओवादीका रामकुमारी चौधरीले पनि राज्यमन्त्रीको सपथ लिएकी छन् ।

You might also like

Comments are closed.