कास्कीका विभिन्न घरमा चोरी गर्नेहरु पक्राउ (बरामद सामानहरुसहित)

आर्थिक आवाज
पोखरा, ६ माघ । कास्कीका विभिन्न ठाउँ चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेका छ । कास्कीमा चोरीका घटना बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।

चितवन राप्ती नगरपालिका ११ घर भई हाल पोखरा १० घलेचोक बस्ने वर्ष १९ का सुनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी सोधपुछ गर्दा श्रेष्ठसहित अन्य व्यक्तिहरुले पोखराका विभिन्न स्थानहरुमा रहेका ६ बटा घरकोठामा चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

चोरीकै आरोपमा वाग्लुङ जैमिने न.पा. ९ घर भई हाल पोखरा म.न.पा.२५ हेम्जा बस्ने वर्ष २७ को खुम प्रसाद थापा र पोखरा ९ पृथ्विचोक बस्ने वर्ष २३ का गगन खवासलाई समेत प्रहरीले पक्राउ गरेको छ । अनुसन्धान पश्चात चोरीमा संग्लन तीन जनाको घर कोठा समेत खानतलासी गर्दा चोरीका सामान बरामद गरिएको छ ।

बरामद गरिएको सामानः
– नगद ने.रु.२०,६१०।¬– भा. रु. ३० कतारियन दिनार रु.१५०
– विभिन्न कम्पनीको मोबाइल थान ४ थान
– घडी थान २
– सामसुङ क्यामरा थान १
– सामसुङ एसडी कार्ड थान १,
– सुनौलो रङको १७ टुक्रा ६९ लाल
– सुनौलो कानमा लगाउने टप थान २,
– सुनौलो रंगको मुन्द्रा २ थान ७ लाल,
– कम्व्याट (खैरो) रंगको झोला थान १,
– सेतो डोरी भएको कालो झोला थान १,
– १७ इन्च लामो खुकुरी ९दाब समेत० थान १,
– १४.५ ईन्च लामो खुकुरी थान १, १३ ईन्च लामो चक्कु थान १,
– ९ ईन्च लामो फलामको छिनो थान १, १०.५ ईन्च लामो फलामको ह्यामर थान १

You might also like

Comments are closed.