कास्कीको घलेलमा ल्होसार उत्सब सम्पन्न, भलिबल प्रतियोगिताको उपाधी ग्रीन हिललाई

पोखरा २३ पुस ।
कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाउ घलेलमा १९ औं संस्करणको ल्होसार उत्सब सम्पन्न भएको छ ।
माछापुच्छ्रे गाउपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवको आयोजनामा र बम बहादुर घलेल आधारभुत बिद्यालयको सहआयोजनामा पुस १५ देखि सञ्चालन भएको उत्सब शनिबार सम्पन्न भएको हो ।
सम्पन्न उत्सबमा गाँउस्तरिय भलिबल प्रतियोगिताको उपाधी ग्रीन हिल ल्वाङले हात पारेको छ । उपाधी सँगै नगद रु ५५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता टिम जय सन्तोषि युवा क्लब ईमुले मेडल, प्रमाणपत्र तथा नगद रु ३० हजारमा चित्त बुझाए । त्यसैगरी सान्त्वना स्थान हासिल गरेको आयोजक टिम बौद्ध सृजना युवा क्लब घलेलले नगद रु १५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी क्लब स्तरिय महिला भलिबल प्रतियोगिता तर्पm करुणनिधि एजुकेशन फाउण्डेशन पोखरा प्रथम भएसँगै नगद रु २० हजार मेडल तथा प्रमाणपत्र हात पा¥यो भने द्धितिय स्थान हासिल गरेर पुन हिल म्याग्दी चोकले मेडल, प्रमाणपत्र तथा नगद रु १० हजार प्राप्त गरेको कार्यक्रम संयोजक रुम बहादुर गुरुङले बताए ।
बिजेता तथा उपबिजेता टिमहरुलाई सो कार्यक्रमको बिशेष अतिथि समेत रहेका नेपाल लोकतान्त्रिक खेलकुद सँघका केन्द्रिय अध्यक्ष देबेन्द्र कुवर शेरचन लगायतले पुरस्कार बितरण गरेका थिए । सोही अबसरमा बोल्दै शेरचनले सम्पन्न कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा क्लब सँग हरेक कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताए ।
शेरचनले घलेल गाउको मुहार फेर्नेमा क्लबको योगदान रहेको भन्दै बेग्लै खालको सो उत्सबले अझ पर्यटन पबद्र्धनमा टेवा पु¥याउने औल्याए ।
खेलकुदले स्वास्थ्यको लागी मात्र नभई स्थानिय खेलाडीहरुको स्तरोन्नती गर्नका लागी समेत महत्वपूर्ण भुमिका खेल्ने बताउदै शेरचनले आगामी दिनमा पनि अझ राम्रा र गुणस्तरिय प्रतियोगिताको आयोजना गर्नुपर्नेमा जोड दिए ।
सम्पन्न उत्सबमा घैटो फुटाउने खेलमा स्वीकार बिकले उपाधी हात पारे, छेलो फाल्ने प्रतियोगितामा जिवन तामाङ प्रथम, अमृत गुरुङ द्धितिय र भेट्रान्स तर्फ बेल बहादुर गुरुङ प्रथम र सन्तोष गुरुङ द्धितिय भए । उनीहरुलाई आकर्षक पुरस्कार प्रदान गरेको खेल संयोजक गणेश बिकले जानकारी दिए ।
सम्पन्न उत्सबमा पुरस्कार बितरण सँगै माछापुच्छ्रे गाउपालिका वडा नं ८ र ९ का अध्यक्ष क्रमश कृष्ण प्रसाद दवाडी, दुर्गा बहादुर थापा, कार्यक्रम संयोजक रुम बहादुर गुरुङ, क्लबका संरक्षक गुप्त बहादुर गुरुङ, युवा समाजसेवी भरत गुरुङ लगायतले बोलेका थिए ।
उत्सब अबधि भर कास्की माछापुच्छ्रे निवासी पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालको १४ वर्षिय छोरी अलिसा लम्साल विगत दुइ वर्षदेखि हड्डीको क्यान्सरबाट ग्रसित भएकाले उनको उपचार सहयोग संकलन समेत गरेको क्लबका अध्यक्ष राम गुरुङले जनाए । उनका अनुसार सो सहयोग संकलित रकम सम्बन्धित ब्यक्तिलाई नै हस्तान्तरण गरिने छ ।
सो उत्सब सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यक्ति, सँघ संस्था लगायतलाई क्लबका अध्यक्ष राम गुरुङ द्धारा धन्यवाद ब्यक्त गरी सम्पन्न भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अस्मिता गुरुङले गरेका थिए ।

You might also like

Comments are closed.