कास्कीको नयाँपुलमा कफी बगानको शाखा

काठमाडौं । कफी बगानको आउटलेट कास्कीको नयाँपुलमा सञ्चालनमा आएको छ । कफी पारखीहरुलाई लक्षित गरी पोखरा–बागलुङ हाइवेमा कफी बगान सञ्चालनमा ल्याइएको सञ्चालक लोकराज पौडेलले जानकारी दिए ।

यस अगाडि काठमाडौंको पाटन, बत्तीसपुतली र पोखराको विन्ध्यबासिनीमा कफी बगान सञ्चालनमा छ । मोदी गंगा ग्रुप अन्तर्गत कफी बगान सञ्चालनमा आएको हो । कफीका साथै बेकरी आइटमहरु पनि कफी बगानबाट बिक्री भइरहेको पौडेलले जानकारी दिए ।

कफी बगानमा शुद्ध अर्गानिक कफीको स्वाद लिन पाइने भएकाले धेरैको आकर्षण देखिएको पौडेल बताउँछन् । ‘नेपाली फार्ममै उत्पादन गरिएको कफी मात्रै प्रयोग हुन्छ,’ उनले भने । कफी बगानमा अर्गानिक कफीका ५० प्रकारको स्वाद लिन सकिने उनले जानकारी दिए ।

You might also like

Comments are closed.