कास्कीको न्युरोड र नौडाँडामा एनआइसी एसियाको शाखा

आर्थिक आवाज
पोखरा, १३ भदौ ।

निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले बुधबार कास्कीमा २ वटा शाखाको औपचारिक उद्घाटन गरेको छ । कास्कीको न्युरोड पोखरा र अन्नपूर्ण गाउँपालिकाको नौडाँडामा शाखा शुभारम्भ गरिएको क्षेत्रीय प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए । बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरेका हुन् ।

‘बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले मुलुकभर २ सय ४१ शाखाहरु सञ्चालनमा ल्याउन सफल भएका छौं,’ उद्घाटन कार्यक्रममा बोल्दै अर्यालले भने, ‘सबै भन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले आम नेपाली जनताबीच बैंकिङ पहुँच पु¥याउन चाहन्छ ।’

१८ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्न बैंक सफल रहेको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । ‘बैंकको वासलातको आधार १ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ,’ उनले भने, ‘निक्षेप १ खर्ब ५५ अर्ब रुपैयाँ र कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैयाँ छ ।’ १२ लाख १९ हजार ग्राहकले बैंकबाट वित्तीय सेवा लिइरहेको पाण्डेले जानकारी दिए ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आइरहेको क्षेत्रीय प्रवन्धक शर्माले बताए । शाखा उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रबैंक पोखराका निर्देशक पोमनाथ गौतम, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगायतले बोलेका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...