कास्कीको माछापुच्छ्रेमा पहिरो, ३ को ज्यान गयो, २ सकुशल

 

पोखरा ।

अविरल वर्षापछि आएको पहिरोमा परि कास्कीको माछापुच्छ्रेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ । गएराती आएको पहिरोले माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको घरको एउटा कोठा पुरिदा उनका नाती र १ नातिनीको ज्यान गएको हो ।

घरमाथिबाट आएको पहिरोले घरको एउटा कोठा पुरिदा विकका जेठो छोरापट्टीको नातिनी १६ वर्षिया रोजिना विक, माइला छोरापट्टीको नाती १८ वर्षिय कुशल विक र कान्छा छोरापट्टीको नाती समीर विकको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

स्कुल विदा भएकाले हजुरबुबाको घरमा बस्न गएको बेला पहिरोले उनीहरुको ज्यान गएको प्रहरीको भनाई छ । हेमजा घर भएका कुशल र लामाचौर घर भएकी रोजिना हजुरबुबाको घरमा गएका बेला एउटै कोठामा सुतेको बेला पहिरोले पुरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सुवास हमालले जानकारी दिए । उनले मृत्यू भएकाहरुको शव निकालिसकेको बताए ।

पहिरो आएका बेला विक दम्पती भने अर्कै कोठामा भएकाले उनीहरु भने सकुशल रहेका छन् । घरका अन्य कोठामा क्षेति पुगेपनि विक दम्पतीलाई भने चोटपटकसमेत नलागेको प्रहरीले जनाएको छ । विककी कान्छी बुहारी र सानो नाती भने माइत गएकाले थप क्षेति हुनबाट जोगिएको प्रहरीको भनाई छ ।

You might also like

Comments are closed.