पोखरा । वडा प्रहरी कार्यालय रामबजार, कास्कीको प्रहरी टोलीले ठूलो मात्रामा लागूऔषध गाँजा, चरेस र प्रतिबन्धित ट्याब्लेट सहित पोखरा महानगरपालिका ११ रानीपौवा तुलसीमार्गबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ तुल्सीमार्ग बस्ने २७ बर्षीय विशाल घमाल रहेका छन् ।
पक्राउ परेका घमालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको र यसको कारोबार समेत गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटीई खोजतलास तथा अनुसन्धान गर्ने क्रममा निजको कोठा भित्र लुकाई छिपाई राखेको ट्रामाडोल हाईड्रोक्लोराईड ३०० क्याप्सुल, चरेश ३०० ग्राम र सुकेको गाँजा ३ किलो ४०० ग्राम सहित उनलाई पक्राउ गरीएको वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यलय कास्की पठाईएको छ ।
Comments are closed.