कास्की कारागार भित्र पुस्तक बितरण

 

पोखरा, १७ भदौ ।

कास्की कारागार भित्र रहेको दिपक स्मृति पुस्तकालयलाई करिब २०० थान बिभिन्न बिधाका पुस्तकहरु एक समारोहका बिच हस्तान्तरण गरियो । जेल इन्चार्ज हरी प्रसाद गौतम ज्यु र कारागार सुचना अधिकारी कमल के सि ज्यु को रहोबरमा कारागार भित्रको रेखदेख गर्ने नाइके राम प्रसाद पाण्डेलाई उक्त पुस्तकहरु हस्तान्तरण गरिएको हो । फेसबुक मार्फत पुस्तक संकलन गर्ने अभियान अन्र्तगत पुस्तकालयकर्मी खिम बहादुर लामिछाने, सरिता गुरुङ फाउन्डेसनका तर्फबाट सुदर्शन रन्जित र समाजसेवी बसन्त पहारीले पुस्तक हस्तान्तरण गरेका थिए ।

सकलित पुस्तकहरु सरिता गुरुङ फाउन्डेसनबाट दश हजार बराबारको पुस्तक, बरिष्ठ पत्रकार एबम लेखक मोहन मैनाली, पोखरा सार्वजनिक पुस्तकालय, रोटो¥याक्ट मनिपाल, रिना पौडेल, खिम लामिछाने काजि, भुवन क्षेत्री, शितल थापा महर्जन आदिले प्रदान गरेका थिए । त्यस्तै शिबम इन्टरप्राइजेजले स्टेसनरी सहयोग गरेको थियो ।

२०२१ सालमा स्थापित कास्की कारागारमा हाल थुनुवामा पुरुष १०३ जना, महिला १२ जना, कैदी तर्फ पुरुष ५६३ जना, महिला ४१ जना गरेर जम्मा ७१९ जना रहेको कास्की कारागार ब्यबस्था बिभागले जनाएको छ । जस मध्य महिला पुरुष गरेर २६ जना बिदेशी नागरिक रहेका छन् । कैदी जीवन बिताइ रहेका रामप्रसाद पाण्डेले सडक दुर्घटनामा निदन भएको आफ्नो छोरा दिपक पाण्डेको स्मृतिमा कास्की कारागार भित्र दिपक स्मृति पुस्तकाल भवन निर्माण गरेका हुन् । जो आँफै अहिले कारागार भित्र नाइके रहेका छन भने उक्त पुस्तकालको रेखदेख गर्ने जिम्मा पनि उनैलाई दिइएको छ । पुस्तक हस्तान्तरण कार्यक्रमको शिलशिलमा जेल इन्चार्ज गौतमले भने “जेल भनेको सुधार गृह हो । यस्ता पुस्तकहरुले कारागारमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरुको जीवनमा सुधार गर्न थप प्रेरणा मिल्दछ । असल नागरिक बन्न सहयोग मिल्दछ ।“ उक्त अबसरमा खिम लामिछाने काजीले “कुनै दिन पुस्तकालय खोल्नेलाई जेलमा कोचिन्थ्यो भने अहिले जेल भित्रै पुस्तकालय खोल्ने कुरा सुनेर आफु पुस्तक जम्मा गर्न हौसिएको बताए । आगामी दिनमा अझ बढी पुस्तक संकलन गरी कारागार तथा पुस्तक बिहिन पुस्तकालयहरुलाई बितरण गर्ने लक्ष्य रहेको बताए ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...