पोखरा, २५ साउन ।
कास्कीको मौजामा रहेका विपन्न परिवारका वालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको छ भने तीनका अभिभावकलाई बाख्रा वितरण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० मा रहेको शिवालय महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला बिकास कार्यक्रम अन्तर्गत ३ जना अति विपन्न परिवारका छात्रछात्रालाई शैक्षिक सामाग्री र तीनका अभिभावकलाई बाख्रा वितरण गरेको हो । अति विपन्न परिवारका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस भन्ने उद्देश्यले तीन जना विद्यार्थीका अभिभावकलाई बाख्रा वितरण गरेको छ । सहकारीले मौजामा रहेको सरस्वती विरमाया आधारभुत विद्यालयमा अध्ययनरत कुमार बिक, सविता बिक र सीता आधारभुत विद्यालयमा अध्ययनरत बसन्ती सापकोटालाई छात्रवृत्ति प्रदान गर्नुका साथै उनीहरुका अभिभावकलाई दुइ वटा बाख्रा प्रदान गरेको हो ।
सो समारोहमा वोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले आफ्नो वडा त्यसमा पनि आफ्नो गाउमा सञ्चालित सहकारी संस्थाले अति विपन्न परिवारलाई लक्षित गरी तीन जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नुका साथै उनीहरुको पढाइलाई लक्षित गरी बाख्रा वितरण गरेर अति विपन्न परिवार माथी ठूलो गुण लगाएको वताए । सो अवसरमा वोल्दै मौजाका सामाजिक परिचारिका टक कुमारी गुरुङले महिला बिकास कार्यक्रम अन्तर्गत मौजामा रहेका विपन्न परिवारको पहिचान गरी अति विपन्न जसको अभिभावक विहीन वनि अर्काको सहारामा रहेका परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै बाख्रा वितरण गरिएको वताइन् । त्यस्तै हिमालय मा.विका प्रधाानाध्यापक मणिराज परियारले सहकारीले महिल बिकास कार्यक्रम अन्तर्गत मौजामा रहेका अति विपन्न परिवारका वालवालिकालाई शैक्षिक सामाग्रीका साथै आगामी दिनमा उनीहरुको अध्ययनलाई मध्येनजर गरी बाख्रा वितरण गरेकोमा खुसी ब्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयतर्फ आकर्षित गर्न ठूलो भुमिका खेल्ने वताए ।
सो अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले अभिभाकत्व ग्रहण गरेका दुइजना बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । मौजामा रहेको हिमालय मावि कक्षा ८ मा अध्ययनरत टेकराज बिक र सरस्वती बिरमाया आधारभुत विद्यालय कक्षा तीनमा अध्ययनरत एलिना गुरुङलाई एकजोर पोशाक, जुत्ता, झोला र शैक्षिक सामाग्री प्रदान गर्नुका सार्थ परिक्षामा लाग्ने सम्पूर्ण शुल्क प्रदान गर्दै वडा अध्यक्ष सिम गुरुङले आफ्नो कार्यकाल अवधिभरी दुइजना विद्यार्थीलाई पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च उपलब्ध गराउने वताए । त्यसैगरी मौजामा रहेका अति विपन्न परिवारका तीन जना विद्यार्थीको लागी पनि आफुले अभिभावकत्व ग्रहण गर्ने ब्यक्ती खोजेर उनीहरुको पठनपाठनलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा शिवालय महिला बिकास वचत तथा ऋण सहकारी संस्थाका सचिव सीता कुमारी गुरुङ, हिमालय मावि विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष हरि प्रसाद गुरुङ लगायतले बोलेका थिए ।