आर्थिक आवाज
पोखरा । गरिमा विकास बैंकले नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले रेडक्रसलाई सहयोग गरेको हो ।
बैंकका महेन्द्रपुल शाखा प्रमुख दीपेन्द्र पोख्रेलले एक कार्यक्रमबीच रेडक्रसका कास्की सभापति डोलराज पाण्डेलाई आइस ब्याग हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका कर्मचारी बिनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दीर्घ नारायण पौडेलसहित रेडक्रस जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले गरेका थिए ।
सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले समय समयमा सामाजिक कार्यहरु गरिरहेको शाखा प्रवन्धक पोख्रेलले बताए । ‘रेडक्रसलाई सहयोग गर्न पाउँदा हामी निकै खुसी छौं,’ उनले भने ।
Comments are closed.