कास्की र तनहुँ जोड्ने खुदिखोलमा पुल बन्ने

पोखरा, ४ जेठ ।

कास्की र तनहुँलाई जोड्ने गरि तालखोला र खुदीखोलाको दोभानमा नौ करोड ५० लाखको लागतमा पक्की पुल बन्ने भएको छ ।

पुलको अभावमा दुई जिल्लाका स्थानियवासीले भोग्दै आएको समस्यालाई मध्यनजर राख्दै पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३२ र शुक्लागण्डकी नगरपालिका वडा नं १ को खुदीखोलामा ७६ मिटर लम्वाईको पुल बन्न लागेको हो ।

पुल निर्माणका सम्वन्धमा बुधवार प्रदेश नं ४ अन्तर्रगत कास्की क्षेत्र नं १ का सासंद दिपक कोईराला र तनहुँ क्षेत्र नं २ सासंद आशा कोईरालले स्थलगत अवलोक गरि पुल निर्माणका लागि प्रदेशको बजेटबाट पुलको निर्माण कार्यलाई अगाडी वढाउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

पुल निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा दुवै सासंदहरुले विकासका लागि सवैको साथ र सहयोगको आवस्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका प्रमुख किसान गुरुङ, वडा नं १ का वडाअध्यक्ष रबिन्द्र घिमिरे, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष अंकलबहादुर कार्की र वडा सदस्य विष्णुप्रसाद तिवारी लगायतले डि पि आर तयार भईसकेको पुल निर्माण कार्यलाई निधारीत समयमा सम्पन्न गर्नु पर्नेमा जोड दिएका थिए ।

You might also like

Comments are closed.