कास्की २ उपनिर्वाचन, मतपेटिका संकलन जारी

पोखरा । शनिबार उपनिर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभाका लागि कास्की २ एकमात्र निर्वाचन क्षेत्र हो । जहाँ अघिल्लो निर्वाचन भन्दा कम मत खसेको छ ।

कास्की २ मा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयबाट आधिकारिक तथ्यांक आउन बाँकी छ । निर्वाचन सम्पन्न भएसँगै मतपेटिका संकलन जारी छ । मतपेटिका संकलन पश्चात सर्वदलीय बैठक बसी आजै मतगणना हुनेछ ।

You might also like

Comments are closed.