काहुँ महोत्सव भोलिदेखि, दृश्यावलोकन गर्ने एउटा प्रमुख गन्तव्य काहुँडाडा

 

आर्थिक आवाज
पोखरा २७ मंसिर

पोखराको शीर काहुँमा शुक्रवारदेखी काहुँ महोत्सव शुरु हुँदैछ । समुन्द्री सतहबाट १ हजार ४ सय ४० मिटरको उचाईमा रहेको काहुँडाँडालाई पर्यटकीय केन्द्र बनाउने उद्धेश्यले आयोजना गरिएको काहुँ महोत्सव आजदेखी शुरु हुन लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका प्रचारप्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए । महोत्सवको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

स्थानीय जनकल्याण क्लब तथा फूलबारी क्लबको आयोजनामा काहुँलाई ब्राण्डिङ गर्ने उद्धेश्यले ‘काहूँ दृश्यावलोकनको एक गन्तव्य’ भन्ने नारासहित महोत्सव गर्न लागेको हो । महोत्सव संयोजक दीपकप्रकाश आचार्यले काहुँलाई ब्राण्डिङ गर्दै पर्यटकीय क्षेत्र काहुँको प्रवद्र्धनसहित काहूँको वृहत्तर विकास तथा पोखराकै एक दृश्यावलोकनको गन्तव्य निर्माण गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने मुख्य उद्धेश्य रहेको बताए ।

धरहराको प्रचारकै लागि वि.सं. २०६२ र २०६५ मा पनि महोत्सव आयोजना गरिएको थियो । तर त्यतिबेला बाटोको समस्याका कारण महोत्सव प्रभावकारी बन्न नसकेको स्थानियको भनाई छ । अहिले काहुँडाँडासम्म पुग्ने ७ किलोमिटर बाटो पिच भएर बाटो सहज भएकाले पुनः महोत्सव आयोजना गरिएको संयोजक आचार्यले बताए ।

महोत्सव स्थल काहुँबाट पोखरा बजार, अन्नपूर्ण र माछापुच्छ«े हिमश्रृङ्खलाका साथै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य हेर्न सकिन्छ । अझ त्यहाँ बनाइएको धरहराबाट यी दृश्य अवलोकन गर्दा रमाइलो अनुभव हुन्छ । तत्कालिन अञ्चलाधीश नन्दबहादुर मल्ल र सामाजिक अभियन्ता स्व. मेजर वीरसिँह गुरुङको सकृयतामा वि.सं. २०२६ मा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र पाल्पा, अन्नपूर्ण तथा माछापुच्छ«े हिमश्रृङखला नजिकबाट दृश्यावलोकन गर्ने मिल्ने गरि धरहरा निर्माण गरिएको थियो ।

२०६२ सालको महाभूकम्पले धरहरामा क्षति पु¥याएपनि अहिले जीर्णाद्धार गरिएको छ ।

You might also like

Comments are closed.