किच ब्राण्डका स्टेनलेस स्टिल हार्डवयर राजा ग्लास हाउस पोखरामा

आर्थिक आवाज
पोखरा । भारतीय प्रशिद्ध कम्पनी किचका उत्पादनहरु पोखरामा भित्रिएका छन् । किच ब्राण्डका स्टेनलेस स्टिल हार्डवयरहरु पोखरामा बिक्री सुरुवात भएको हो । पोखराका लागि आधिकारिक बिक्रेता राजा ग्लास हाउस चिप्लेढुंगाले किच ब्राण्डका हार्डवयर स्टिलहरुलाई पोखरामा भित्र्याएको हो ।

किचका ३१६ ग्रेडका हार्डवयर फिटिङ, रेलिङ फिटिङ तथा ग्लास रेलिङहरु राजा ग्लास हाउसबाट बिक्री सुरु भएको सञ्चालक सुमन बिजुक्छेले जानकारी दिए । स्टेनलेस स्टिल हार्डवयर उत्पादन गर्ने किच कम्पनी भारतको ठूलो कम्पनी मध्यमा पर्छ । किचका लागि नेपालको आधिकारिक बिक्रेता पार्थ इन्टरनेशनल प्रालि हो ।

गुणस्तरीय उत्पादन नेपाली बजारमा बिक्री भइरहेकाले छोटो समयमा ग्राहकको विश्वास जित्न सफल भएको प्रालिका कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले जानकारी दिए । ‘यो प्रडक्टमा लाइफटाइम वारेन्टी हुन्छ,’ उनले भने । व्यावसायिक भवन, होटल, हस्पिटल, ठूला महल, विमानस्थल, हाइड्रोपावर, उद्योग लगायतका क्षेत्रका लागि किचका उत्पादन बढी उपयोगी रहेको अग्रवालले बताए ।

सन् २०१६ मा भारतको नेशनल अवार्ड जित्न सफल किचले इन्डियन डिजाइन मार्क अवार्ड पनि प्राप्त गरेको छ । ‘किचले दर्जनौं अवार्डहरु जित्न सफल छ,’ उनले भने । पानी तथा धुलोले खिया नलाग्नु पनि किचको विशेषता रहेको उनले बताए । ‘ब्राण्डेड सामानलाई बजारमा सुपथ मूल्यमा बिक्री गर्न सफल भइरहेका छौं,’ उनले भने ।

किचका उत्पादन नेपालमा बिक्री सुरु भएको डेढ वर्षमात्रै भएको छ । काठमाडौं र विराटनगरबाट बिक्री सुरुवात गरेको प्रालिले देशभर बजार विस्तार गर्ने क्रम जारी राखेको छ । पोखरासँगै इनरुवा, काठमाडौंकै पुतलीसडकमा शोरुम विस्तार गरिसकेको पार्थले २ वर्षभित्रमा नेपालगञ्ज, भैरहवा, बुटवल लगायतका क्षेत्रमा पनि बजार विस्तार गर्ने अग्रवालले जानकारी दिए ।

किचका उत्पादन नेपाल, भारतसहित संसारका २८ वटा देशबाट बिक्री भइरहेको अग्रवालले जानकारी दिए । नेपालमा बिक्री सुरुवात भएको छोटो समयमा नै हजारौं ग्राहकलाई सेवा प्रदान गर्न सफल भएको उनले बताए । ‘हाम्रा ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ,’ उनले भने, ‘झ्याल, ढोका, बाथरुम भ¥याङमा प्रयोग हुने स्टिल तथा फर्निचरका लागि किचको माग बढिरहेको छ ।’

You might also like

Comments are closed.